Rashtriya Dainik

बझाङको जयपृथिवी नगरपालिका वडा न.१० मा नेकपा (एस) को वडा कमिटी गठन

दोरेन्द्र खड्का बझाङ
बझाङ को जयपृथिवी नगरपालिका वडा नम्बर १० मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) का बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह को प्रमुख आतिथ्यता र जिल्ला कमिटि सचिव लक्ष्मी प्रसाद जोशी र उपाध्यक्ष कलक घामि विशिष्ट को अतिथ्यतामा सम्पन्न वडा अधिवेशनले सुन्दर शाही को अध्यक्षतामा ४२ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्ष मा रामु ओखेडा र लक्ष्मी दमाई चयन भएका छन् । यस्तै सचिवमा सुशील बुढा र सह सचिव मा बिजय जोशी र अमृता पाल चयन भएका छन् ।
कार्यक्रम मा पार्टी नेता तथा कार्यकर्ता हरु को वाक्लो उपस्थित रहेकाे थियाे।

तेस्तै बिहिबार जयपृथिवी नगरपालिका को वडा न १/२ मा पनि वडा कमिटि गठन गरिएकाे थियो ।यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ मा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशी ले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित