Rashtriya Dainik

नवलपरासी काङ्ग्रेस अधिवेशन : ७ जना नमुना मतपत्र हाल्ने क्रममा पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी , १० मंसिर

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पदाधिकारीकाे लागि पश्चिम नवलपरासीमा १४ महाधिवेशनकाे मतदान सुरु भएको छ।

मतदान शान्तिपूर्ण वातावरणमा जिल्लाकाे परासी स्थिति सरस्वती मा.बि शान्तिचाैरमा करिब बिहान ९ बजेदेखि सुरु भएको हाे।

मतदाता उत्साहित हुदै मतदान गर्न अाएपनि केही मतदाता अाफ्नाे उम्मेदवार जिताउन चलखेल सुरु गरेका छन।

अाफ्नाे उम्मेदवार जिताउन हाेडबाजिमा मतदान स्थलमा ७ जना नमुना मतपत्र पतपेटिकामा हाल्ने क्रममा पक्राउ परेको सहायक मतदान अधिकृत भुवन भुसालले जानकारी दिनुभएको छ।

काङ्ग्रेस नवलपरासी जिल्ला सभापतिका लागि केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षबाट माेहन प्रसाद शर्मा तथा संविधानसभा सदस्य बिक्रम खनाल क्षबाट अर्जुन कुमार पाेख्रेलले उम्मेदवारी गरेका छन।

जिल्लामा १३४६ मतदाता रहेकोमा हालसम्म करिब ८८० मत खसेको सहायक मतदान अधिकृत भुसालले बताउनु भएको हाे। ४३ वटा बुध रहेकोले मतदान गर्न सजिलो भएको मतदाताहरुकाे भनाइ रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित