संजय कुशवाहा / नवलपरासी ९ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ जन जागृति माध्यमिक विधालय गुठी परसौनीको हलमा ५ दिने सबै वर्गलाई समेट्ने गरि जनचेतनामूलक कार्यक्रम सुरू भएको छ ।जन जागृति अपांग संस्था (सी.वी.आर नेटवर्क ) नवलपरासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहयोगमा कार्यक्रम सुरू भएको हो ।

कार्यक्रममा सोही वडाका वडाअध्यक्ष रामहरि उपध्यायको अध्यक्षाता तथा प्रतापपुर गाउँपालिका कर्वाहकअध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक, आर्थिक, शैक्षिक रूपमा पछाडि परेका व्यक्ति तथा समुदाय लगायतका लागि आगामी दिनमा पनि बजेट विनियोजन गर्न बताइन् ।

साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसीमको कार्यक्रमको आवश्यकता देखिएको हुदाँ आफु सक्दो सहयोग गर्ने धारणा ब्यक्त गरिन ।
कार्यक्रममा नेपाल ग्रामीण विकास केन्द्रका सचिव राधा ढकाल ,गाउँपालिका प्रशासनिय अधिकृत चक्रपाणी भण्डारी ,वडा सदस्य राजेश गुप्ता ,जिल्ला शिक्षक संघका सचिव वृजराज कुशवाहा ,जन जागृति अपांग संस्थाका संयोजक बच्चा राय लगायतहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

