वीरगंज ९ मङ्सिर /कृष्णा यादव
प्रहरीले लागू अौषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यलय पर्साले विशेष सुचनाको अाधारमा वीरगंज महानगरपालिका वडा नम्वर २५ बहुअरी सडक खणडमा खटिएको प्रहरी टोलीले ड्राईपोर्टवाट परवानीपुरतर्फ जादै गरेको बा ३ ख ८८०८ नम्बर प्लेट भएको ट्रकलाई रोकी रितपुर्बक चेक जाँच गर्दा ऊक्त ट्रकको सिटमुनीको बोरा भित्र लुकाई छुपाई लागु अौषध कोरेक्स २३३ बोतल सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
त्यसै गरि सोही ठाऊमा ना ५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी चेक चाँज गर्दा लागु अौषध कोरेक्स ५४ बोतल गरी जम्मा गरि २७७ बोतल सहित ४ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अोमप्रकाश खनालले बताउनुभयो ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गपा वडा नम्बर ७ बस्ने बर्ष ३७ को अनुप बर्तोला , सो वडा को बर्ष ४५ को राजु बस्नेत, सो जिल्ला हटौडा उमनपा वडा नम्बर ६ बर्ष ३१ को प्रमोद श्रेष्ठ , त्यसैगरी झापा जिल्ला मेची नपा वडा नम्बर ७ का बर्ष ५० गोपाल थापालाई नियन्त्रणमा लिई लागू अौषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साको प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक अोमप्रकाश खनालले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

