Rashtriya Dainik

कण्डेल पक्षबाट माेहन प्रसाद शर्मा संगै यी नेताहरूले गरे नवलपरासी काङ्ग्रेसमा उम्मेदवारी  

राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर

नेपाली कांग्रेस सँगठन विभागका केन्द्रिय सदस्य माेहन प्रसाद शर्माले नवलपरासीको जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार शर्माले आफु निकट कार्यकताको उपस्थितिमा आशन्न १४औँ महाधिवेशनमा आफू नवलपरासीको जिल्ला सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

२०४८ सालको संसदीय निर्वाचनमा क्षेत्र न. ४ को सचिव, २०५० सालमा कांग्रेस निकट नेपाल शिक्षक संघ नवलपरासीको केन्द्रीय प्रतिनिधि, २०५७ सालमा जिल्ला अध्यक्ष २०६१ देखि २०६५ सम्म शिक्षक युनियनको जिल्ला अध्यक्ष भएका शर्मा १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । 

उनी नेपाली कांग्रेस नवलपरासी (पाल्ही माझखण्ड)का पहिलो सभापति तथा २००७ सालको सशस्त्र जन क्रान्तिका जनसरकार प्रमुख (गभर्नर) स्व. श्याम सुन्दर शर्माका कान्छा छोरा हुन् । 

हाल सरावल गाउँपालिका २ मा बसोवास गरिरहेका शार्माले राजनीतिशास्त्रबाट बि.ए, अर्थशास्त्र र अँग्रेजी विषयमा भारतको इलाहाबादबाट बि.एड, अंग्रेजी विषयमा सप्तगन्डकी क्याम्पस भरतपुर चितवनबाट एम एड सम्मको अध्यान गरेका छन् । 

पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजनासाथ आफुले सभापतिमा उम्मेदवारी दिएको शर्माले बताए । 

शर्मासँगै सोही प्यानलबाट उप सभापतिमा राधेश्याम पाठक र कमला पराजुली तिवारी , सचिवमा देवराज भण्डारी र गजानन्द पटेल , सहसचिवमा राधेश्याम चाैधरी र मुरली कृष्ण खनालले पनि आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।

त्यस्तै सदस्यहरु तर्फ पालिकाबाट सुनवल नगरपालिका बिष्णु कुमारी पौडेल ,गोबिन्द ढकाल,बलराम चापागाईं,रामग्राम नगरपालिका सावित्री पौडेल ,भगवान चौधरी ,मुकेश राज रन्जितकार ,बर्दघाट नगरपालिका सुकमाया लामा तमाङ्ग,कमान सिंह थापा,कमल बश्याल ,पाल्हिनन्दन पाबित्री देबि कोहार,राजेन्द्र कुमार सहानी,सरावल चंदा चौधरी ,प्रदिप कुमार अग्रहरी,प्रतापपुर अङ्गिरा राजभर ,हेमेन्द्र कुमार पन्जियार,सुस्ता कृष्ण देबि माया शर्मा,जितराम पन्जियार ,समानुपातिक खस आर्य तर्फ राधा अधिकारी,धातानन्द बश्याल ,अादिबासि जनजाती तर्फ सुर्य आले मगर,मधेशी तर्फ किश्मती देबि यादव,रबिन्द्र प्रसाद गुप्ता,मदन कुर्मी ,दलित तर्फ गोमती देबि सुचिकार,चुल्हाई प्रसाद चमार ,थारु तर्फ राधिका देबि चौधरी,मुन्द्रीका चौधरी ,मुस्लिम तर्फ निजामुद्दिन अन्सारी र अपाङ्ग तर्फ गोपाल पान्डे उमेदवारीको घोषणा गरेका छन् ।
उनले कांग्रेसको १४ औं महाधिवेशनमा आफु र आफ्नो प्यानलाई मत दिइ जिताउन आग्रह गर्दै यसले सिंगो जिल्ला कांग्रेसलाई बलियो र अबको दिनमा १ नं. पार्टी बनाउन मद्दत मिल्ने बताए ।

शर्मा नेपाली काङ्ग्रेसको प्रभावशाली नेता देबेन्द्रराज कण्डेल पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित