Rashtriya Dainik

साताैँ उद्योग दिवस भव्यरुपमा सम्पन्न

उत्तमकुमार थापा / बझाङ

साताैँ उद्योग दिवस भव्यतासाथ सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुरकाे आयाेजनामा साताैँ उद्योग दिवस मनाएकाे हाे ।

बझाङ जिल्लामा रहेको घरेलु कार्यालयकाे आयाेजनामा स्वदेशी उद्यम र उत्पादन दिगो अाैध्याेगिक पुनरुत्थान भन्ने मुल नाराका साथ चैनपुर बजार परिक्रमा गरिएको थियाे ।

युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने हेतुले विभिन्न दिवसमा सक्दाे बेरोजगार राेक्ने र राेजगारी शृजना गर्ने घरेलु कार्यालयकाे उदश्य रहेकाे कार्यालय प्रमुख खडक बाेहराले बताए । आज घरेलु कार्यालयमा सञ्चालीत कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य सँघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेली रहनु भएको थियाे भने कार्यक्रममा सबै जनप्रतिनिधि युवा पत्रकार सुरक्षाकर्मी लगाएत उपस्थिति रहेकाे थियाे । भने कार्यक्रम सञ्चालन घरेलुका बरिष्ठ सहजकर्ता दशरथ जप्रेलले गर्नु भएको हाे ।

कार्यक्रममा घरेलु कार्यालय प्रमुख बाेहराले कार्यपत्र पेश गर्दै भने अब युवाहरूले जाग्नु पर्छ ,बिदेशमा हैन अब स्वदेशमै केही गर्नु पर्छ भन्दै,सबैलाई उद्यमी बन्न अनुराेध गरिएको हाे । उहाँले भन्नू भयाे घरेलु कार्यालयले विभिन्न सिपविकास तालिम सञ्चालन गर्दै आएकाे भन्दै तालिम लिएर घरमा बस्नु भन्दै सीप स्राेतकाे व्यावसायिक गरि अगाडि बढ्नु पर्ने उहाले बताए । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सुर्मेलीले भन्नू भयाे, युवालाई हाम्रो सहयाेग छ । जागाै लागाै स्वदेशमै राेजगारी शृर्जना गराै भन्दै एकेव्दता भएर अगाडि बढ्न अनुराेध गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित