Rashtriya Dainik

दाउन्नेको एसमोडमा बस दुर्घट्ना हुदा १३ जना घाईते

राष्ट्रिय दैनिक /नवलपरासी ९ मंसिर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्र्तगत एसमोडमा बिहीबार बिहान लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुदा १३ जना घाईते भएका छन् । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भइरहे छ ।
भने काठमाण्डौंबाट यात्रुलिएर महेशपुरकालागि आएको उक्त बस बर्दघाटको त्रिवेणी चोक भन्दा माथीको एस मोडमा दुर्घटना हुदा १३ जना यात्रु घाईते भएका हुन ।
घाईतेहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरी अस्पताल सम्म पुयएको प्रहरीले जनाएको छ । घाईतेहरु प्रायको हात,खुट्टा र टाउकोमा चोट लागेको छ । केहि घाईते यात्रुहरुको टाउकोमा चोट लागेका कारण उनीहरुको एक्सरे गर्नु पर्ने तर चिसापानी अस्पतालमा सो सेवा नभएकाले घाईतेहरुलाई एम्बुलेसमा राखेर स्थानिय संजिवनी हेल्थहोममा लगिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित