संजय कुशवाहा / नवलपरासी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न.२ चिसापानी स्थितमा रहेको रोयल होटलमा जुवा तास खेलि रहेको क्रममा पक्राउ परेका छन । आईतवार साझ इलाका प्रहरी कार्यलय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जुवा तास खेलि रहेको अवस्थामा १२ जना ब्यक्ति नगद ३ लाख ८७ हजार ९ सय ६५ रूपैयाँ ,४ जना बुक तास र होटल संचालक ध्रब भण्डारी समेतलाई फेला पारी नगद तथा तास समेत बरामद गरिएको छ । जुवा तास संलग्न १२ जना तथा होटल संचालक भण्डारीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।