राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर
नेपाली कांग्रेस पश्चिम नवलपरासीको जिल्ला कार्यसमिति सभापतिमा माेहन प्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यहि मंसिर १० गते हुने जिल्ला कार्यसमितिकाे निर्वाचनको लागि शर्माले सभापतिको लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्मासँगै सोही प्यानलबाट उप सभापतिमा राधेश्याम पाठक र कमला पराजुली तिवारी , सचिवमा देवराज भण्डारी र गजानन्द पटेल , सहसचिवमा राधेश्याम चाैधरी र मुरली कृष्ण खनालले पनि आफ्नो उमेदवारीको घोषणा गरेका छन् ।
अाफ्नाे उमेदवारी घोषणा गर्दै शर्माले आफ्नो जिवनको उर्जासिल समय राजनितिमानै लागेर सेवा गर्ने सोच रहेको र पार्टीलाई एकताबद्ध गरेर अब आउने चुनावमा पहिलो नम्बरको पार्टी बनाएर लैजान सबैको हातेमालो आवश्यक रहेका जिकिर गर्दै त्यसको लागि आफु सक्षम भएकाले पनि उमेदवारी दिएको धारणा ब्यक्त गरे ।
उनले आफु राजनीतिक परिवेश रहेको परिवारमा जन्मेको र जन्मसँगै राजनितिको बारेमा बिस्तारै बिस्तारै बुझ्दै जाने माहोल बनेको स्मरण गर्दै आफु सिंगो पार्टीलाई मिलाएर लान सक्षम पनि भएकाले पनि उमेदवारी दिएको बताए ।
उनले कांग्रेसको १४ औं महाधिवेशनमा आफु र आफ्नो प्यानलाई मत दिइ जिताउन आग्रह गर्दै यसले सिंगो जिल्ला कांग्रेसलाई बलियो र अबको दिनमा १ नं. पार्टी बनाउन मद्दत मिल्ने बताए ।
शर्मा नेपाली काङ्ग्रेसको प्रभावशाली नेता देबेन्द्रराज कण्डेल पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

