Rashtriya Dainik

महिला नेत्री तिवारीको उपसभापतिमा उम्मेदवारी

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पश्चिम् नवलपरासीको जिल्ला उपसभापतिका लागि महिला संघ पश्चिम् नवलपरासीकि अध्यक्ष कमला पराजुली तिवारीले उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ।

लामो समयसम्म नेपाली काङ्ग्रेसको राजनीतिमा महिला नेतृत्वको रुपमा सक्रिय भुमिका र योगदान गर्दै आउनु भएकी पराजुली हाल समुन्नत महिला मन्चको केन्द्रिय उपाध्यक्षमा समेत रहनु भएको छ।सामाजिक रुपमा पनि निकै संघर्ष र कठिन मोडहरुमा अबिचलित भै सानै बिधालय कालदेखि नै काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिनु भएकि नेत्री पराजुली पश्चिम् नवलपरासीकै अब्बल महिला योद्धाको रुपमा काङ्ग्रेसको सक्रिय राजनीतिमा अबिरल लागिरहनु भएको छ।

महिला हिंसा ,महिला अधिकार,सामाजिक रुपान्तरण,हरेक क्षेत्रमा महिलाहरुको समान सहभागी रहनु पर्छ भनेर महिला अधिकारका निम्ति लड्दै आउनु भएकी पराजुली महिलाहरुमा राजनीति चेतना हुनु जरुरी छ राजनीति बृत्त्मा महिलाहरु अघि बढ्नु पर्छ भन्ने हेतुले आम महिलाहरूको प्रतिनिधित्व गर्दै आफ्नो संघर्षशिल यात्रा बढिरहेको उहाँ बताउनु हुन्छ।पश्चिम् नवलपरासीमै महिला नेतृत्वको रुपमा अब्बल र गर्बिलो छवि बनाउ भएकी महिला नेत्री पराजुली हरेक समय राजनीति कर्मम ब्यस्त देखिनु हुन्छ।पश्चिम् नवलपरासीमा एउटा क्षमतावान र कठोर संघर्षबाट निकै आरोह अवरोहका बाबजुत यो स्थानमा आउनु भएकी पराजुलीलाई एकपटक अवसर दिईनु पर्ने आम उहाका सहपाठी हरुको भनाई छ।पार्टीमा गुट उपगुट स्वभाविक हुनाले लामो ईतिहास बोकेको निष्ठावान र त्यागी महिला नेतृत्वलाई महिला बिशुद्द नेतृत्वकै रुपमा हेरि स्थान प्रदान गरिनु पर्ने कतिपय काङ्ग्रेस नेतृत्व र कार्यकर्ताहरुले बताउने गरेका छन।

एउटा महिला पारिवारिक समय छोडेर अहोरात्र पार्टीका निम्ति खटिनु निकै कठिन रहेको हुदा ईतिहासको योगदानले आम मतदाताले आफ्नो मुल्यांकन गर्नेमा आफू बिस्वस्त रहेको पराजुली बताउनु हुन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित