उमेश बि.क / नवलपरासी , ८ मंसिर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम आएको छ ।
पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसको प्रभावशाली नेता देबेन्द्र राज कण्डेल पक्ष प्यानल सहित विजयी भएका छन ।
जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ। केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन्।

मत परिणामअनुसार संघिय निर्वाचन क्षेत्र नं. २ को सभापति कण्डेल पक्ष उमेदवार माधव प्रसाद पाण्डेले नरेन्द्र कुमार गुप्तालाई ५३ मत अन्तरले हराए। पराजित गुप्ता रामग्राम नगरपालिकाकाे मेयर हुन्।
यस्तै सचिवमा प्रदिपसिंह क्षेत्री ३५७ र भरत पाैडेल ३५६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी जयराम बस्यालले ३२४ र राकेश गुप्ताले ३०२ मत ल्याएका छन् ।
यस्तै सहसचिव पदमा उपेन्द्र गुप्ता ३७० र नरेश भट्टराई ३७६ मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम् प्रतिद्वन्द्वी अाेमप्रकाश पुन मगरले ३०७ र प्रवलराज रेग्मीले २९१ मत ल्याएका छन।
त्यस्तै प्रत्यक्ष महिला तर्फ शिवानी घिमिरे शर्मा ले ३७४ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सीतादेबी दमई २८९ मत ल्याएकी छिन।

त्यस्तै प्रत्यक्ष पुरुष तर्फ उमेश कुमार बि.क ३६३ , अाेम प्रकाश गुप्ता ३६५ र जगदीश सहानि केवटले ३७० मत ल्याएर विजयी भएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी रेशम राज गैरे २९४ , सुरेन्द्र राठौर २८६ र क्षेत्र बहादुर खड्काले २९१ मत ल्याएका छन।
त्यस्तै मधेसी महिला तर्फ सुनिता यादवले ३६२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी शाेभावती बानियाँ २९८ मत ल्याएकी छिन।
त्यस्तै मधेसी पुरुष तर्फ चुल्हाई प्रसाद यादवले ३५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जितेन्द्र कुमार पटनवार ३०० मत ल्याएका छन।

त्यस्तै दलित तर्फ हिरालाल हरिजन ३६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कृष्ण गन्धर्व २९७ मत ल्याएका छन।
त्यस्तै थारु तर्फ माेहन चाैधरी ३६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी त्रिवेणी प्रसाद चाैधरीले २९६ मत ल्याएका छन।
त्यस्तै सदस्यमै गणेशराज भट्ट ३५७ , टिचन गुरुङ ३५२ ,मन्जु गैरे ३७२ , कमल प्रसाद चुवाई ३७८ , छविलाल दवाडी (नारायण ) ३८४ , गिता न्याैपाने ३७८ , प्रेम सागर चाैधरी ३५६ र बहादुर केवट ३४६ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि मत परिणाम अनुसार कण्डेल पक्षका अनिता शर्मा ४०६ , ज्याेति ढकाल (पराजुली ) ३४७ , सीता ज्ञवाली ३६५ , सुनिता कुमारी श्रेष्ठ , ऋषिराम पाैडेल ३७८ , बैजनाथ कलवार नाथु ३६६ ,माेह प्रसाद शर्मा ३३९ , यक्ष प्रसाद पाैडेल ३३० , राधेश्याम पाठक ३३४ ,लाल बहादुर सेन ठकुरी ३२७ , विष्णुप्रसाद पाैडेल ३३० , रम्भा कुवर ३३५ ,मन्जु कण्डेल ३४३ ,दुर्गा बहादुर गुरुङ ३९९ ,पाबित्रीदेवी काेहार ३६१ , राजेश यादव अहिर ३४० ,रामचन्द्र माैर्य ३४२ ,बिनाेद गाैतम हरिजन ३४८ , मिना चाैधरी ३४३ ,महेन्द्र राय थारु ३५३ ,ताैखिक अमहमद अन्सारी ३५३ र शिवशंकर राय ३७० मत ल्याएर विजयी भएका हुन् ।

कण्डेल पक्षका राधेश्याम चाैधरी ३११ , गजानन्द पटेल ३०४ र बचतनाथ याेगी २६५ मत ल्याई पराजित भएका हुन ।
त्यस्तै खनाल पक्षका अर्जुन कुमार पाेख्रेल ३६२ , गुणनिधि तिवारी ३७२ र भिम बहादुर थापा भरत ३३४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

