Rashtriya Dainik

अध्यक्ष कप टि ट्वोटी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी ।

राजन कुमार बानिया
पर्सा ७ मंसिर
पर्साको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वोन्टी क्रिर्केट टुर्नामेन्ट अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ । कालिकामाईले २० ओभरको समाप्तीमा १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङ गरेको छिपहरमाईले २० ओभरमा केवल १४५ रनमा सिमित भएको हो ।
खेलको बिजेता तथा उप बिजेतालाई एक कार्यक्रमको बिच चेक तथा सिल्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धोबिनी गाउँपालिकाको प्रशासकिय अधिकृत राजु साहले बिजेता कालिकामाईलाई रु ३० हजार र सिल्ड तथा उप–बिजेता छिपहरमाईलाई रु २० हजार र सिल्ड प्रदान गर्नु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित