नवलपरासी ,७ मंसिर
पुर्व पश्चिम् राजमार्गको पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ रमवापुरमा हिजो राती करिब १२:३० बजे तिर सवारी दुर्घटना हुदा घाईते भएका २ जनाको जिल्ला अस्पताल परासिमा मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २६ का दुर्गा काफ्ले र सोहीका बर्ष ४० का टिकानाथ कवर रहेका छन ।
घटनास्थलको प्रकृति हेर्दा मृतकको वरपर कुनै पनि साधन नभएकाले ठूलो सवारी साधन(नम्बर नखुलेको फरार)सवारिले ठक्कर दिएको हुन सके अनुमान गरिएको जिल्ला प्रहरी निरीक्षक रामप्रसाद पान्डेले जानकारी दिनु भयो ।
इलाका प्रहरी कार्यलय सुनवलका प्रनिअ कृष्ण बहादुर धिताल,जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासी प्रनिअ बासुदेव नेपालको कमान्ड टोलिले अहिले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
मृतक काफ्लेलाई काफ्लेका मामा डोलराज खनाल र कवरलाई श्रीमती जानकी कवरले सनाखत गरेका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

