Rashtriya Dainik

अबोध दलित बच्चालाई ठक्कर दिएर फरार उपचार खर्च जुटाउनु सहयोगको अपेक्षा

महेश सिंह सिरहा लहान ७” मंसिर- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा ३ पोर्ताहाका एक अबोध बालकलाई ठक्कर दिए अपरिचित ब्यक्ती फरार भएका छन्।

सखुवानान्कारकट्टी गाउँपालीका ३ बस्ने चनरजित सदायको छोरा अन्दाजी ४ बर्शिय प्रेम सदाय लाई ठक्कर दिएर फरार भएका छन्।बच्चा अन्दाजी करिब ४ बर्षको हो।

बच्चा गाउँकै सडकमा एक्लै खेलिरहेको अबस्थामा ठक्कर दिएर फरार भएका छन्।बच्चा ठक्करबाट सिकिस्त घाइते भई उपचारको लागि बिराटनगरको नोबेल होस्पिटलमा उपचार रत रहेका छन्।

उपचारमा रहेका बालकलाई उपचार खर्च तिर्न नसक्ने भएको छ्। सदायको घरको आर्थिक अवस्था निकै दैनिय रहेको अबस्था छ।उपचार जोहो गर्न नसकिदा बच्चाको ज्यान जोखिममा रहेका छन्। ठक्कर दिने गाडी हाल सम्म पता नलागेको हो ।

सदायको परिवारमा जम्मा ४ जना मध्ये १ छोरा र १ छोरी छिन।उपचार खर्च तिर्न नसकिदा परिवारको बिचल्ली भएको छ। दाता र मनकारी युवाहरुसंग सहयोगका अपेक्षा गरेका स्थानीय समाज सेबी देबेन्द्र कुमार यादवले जानकारी दिनु भयो। सहयोग गर्न चाहने साथीहरूले उक्त खाता नम्बरमा एक पठाई सहयोग गर्न आग्रह गर्द छु।
NMB Bank Sakhuwan
Kamal Narayan saday
Ac n. 1100074905500012

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित