Rashtriya Dainik

सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न

महेश सिंह सिरहा लहान ६ मंसिर-सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले देश भरिको वडा अधिबेशनहरु समयमै सम्पन्न गर्न सबै राजनीति पार्टीहरुलाई निर्देशन दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले देश भरीका सम्पुर्ण जिल्लामा समयमै वडा अधिबेशन गराउन पार्टीका जिम्मेवार नेताहरुलाई अपिल गरेका छन्। माओवादी केन्द्रका केन्द्रिय संयोजक अर्थात पार्टी अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले पार्टी नेता कार्यकर्ताहरुलाई देशका सम्पुर्ण जिल्लाका वडा अधिबेशन समयमै गराउन र कार्यकर्ताहरुलाई जागरुकता ल्याउन निर्देशन दिएका हुन्।

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा माओवादी केन्द्रको वडा अधिबेशन १ देखि ५ सम्म भब्य रूपमा सम्पन्न भएको छ्। वडा नम्बर २ सोठीयाईनमा जनयुद्धको सामना गरेका युवा नेता कमरेड राम परिक्षण महतोलाई वडा अध्यक्षमा चयन गरेका छन्। उपाध्यक्षमा राम पृत यादव, र कोषा अध्यक्षमा सहिद परिवारको सोमिन्त्रा देबि यादवलाई चयन गरेका छन्।

गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका अधिबेशन सम्पन्न भएको छ्।नेपाल कम्युनिस्ट पार्टी YCL का सिरहा
संयोजक आशानन्द यादवको उपस्थितिमा उक्त अधिबेशन सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित