Rashtriya Dainik

बिजुलीको खपत बढाउँदै प्राधिकरण : तीन दिनभित्रै थ्री फेज स्वीकृत

काठमाडौं । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।

वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारीसमेत दिन सक्नुहुनेछ । बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राख्नुभएको थियो ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित