तुलसी राम पौडेल /फर्साटिकर, मंसिर ४
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशन रुपन्देही ३ (ख) रुपन्देहीको शुद्दोधन गाउपालिका -४ स्थित रिद्दिसिद्दी पार्टी प्यालेसमा मतदान प्रक्रियाबाट सम्पन्न भयो । प्रदेश अधिवेशन प्रतिनिधि समावेशी थारू भगवती प्रसाद थारु र खस आर्य तर्फ तेज प्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका थिए ।
बाकी पदमा मतदानबाट पदाधिकारीहरु निर्वाचित भएका थिए ।प्रदेश सभापतिमा मतदान प्रक्रियाबाट घनश्याम चालिसे निर्वाचित हुनुभएको छ।
त्यसै गरि उपसभापतिमा वेदानिधी रिजाल र रीता थारू ,प्रदेश सचीवमा उमाकान्त चापगाई र केशव अधिकारी ,प्रदेश सहसचिवमा महेन्द्र मल्लाह र मोहम्मद शफिक निर्वाचित भएका थिए ।
प्रदेश अधिवेशन प्रतिनिधि खुला तर्फ केशव पाण्डे ,दामोदर पङ्गेनी,प्रेम प्रसाद पौडेल ,भिम प्रसाद न्यौपाने ,मुक्ति प्रसाद गैरे,रन बहादुर थापा ,शिव मल्ल निर्वाचित भएका थिए ।महिला खुला तर्फ गोमा खनाल ,विन्दु लक्ष्मी सुवेदी र रेशम सिह ठकुरी समावेशी खस आर्य महिलामा सरस्वती भट्टराई ,आदिवासी जनजाति मनोहर प्रसाद राजभण्डारी ,दलितमा रिता विक र मधेसीमा जोखन यादव निर्वाचित भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

