राष्ट्रिय दैनिक / नवलपरासी , ४ मंसिर
अनेरास्ववियु पश्चिम नवलपरासीको जिल्ला कार्यलयको दोस्रो बैठक अाज सम्पन्न भएको छ।

संगठनका अध्यक्ष निरज पौडेलको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी जिल्ला कमिटी सचिवालय सदस्य धिरज शर्मा बस्यालको प्रमुख अतिथ्यता एवं अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज शुसान्त शर्मा घिमिरेको विशेष अातिथ्यतामा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न गरिएको हाे ।
बैठकमा महाधिवेशनकाे प्रचार प्रसारका लागि गिरिराज भट्टराई जिम्मेवारी ताेकिएकाे छ ।
बैठकले नेकपा एमालेकाे १० अौ राष्ट्रिय महाधिवेशन सफल बनाउनका लागि नवलपरासी जिल्लाबाट १६०० जाना विद्यार्थी सहभागी गराउने भएकाे छ । त्यसकाे लागि संघिय निर्वाचन क्षेत्र न. १ मा राम प्रसाद सुवेदि र २ मा सन्देश न्यौपानेलाई जिम्मेवारी दिईएकाे छ ।

साथै मंसिर भित्र जिल्ला भित्रका सम्पुर्ण मा.बि कमिटीहरु गठन र मंसिर ७ गते बुटवलमा हुने अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटिकाे बिस्तारित बैठक तथा कार्यालय स्थापना कार्यक्रममा नवलपरासी जिल्लाबाट धेरै संख्यामा बिधार्थीहरुलाई सहभागी गराउने निर्णय गरिएकाे अनेरास्ववियु नवलपरासी उपाध्यक्ष तथा प्रवक्ता सन्जय माैर्यले जानकारी गराउनु भयाे ।
अनेरास्ववियु नवलपरासी उपाध्यक्ष संजय मौर्यकाे स्वागत मन्तव्य रहेको कार्यक्रमकाे सन्चालन सचिव भुपाल पौडेलले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

