उमेश बि.क / नवलपरासी , ४ मंसिर
पश्चिम नवलपरासीको सुनवलमा कार्यस्थलमा हुने याैनजन्य दुर्व्यवहार ,याैनजन्य शाेषण र याैनजन्य कार्यमा राेकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा शनिबार अभिमुखिकरण कार्यक्रम गरिएको हाे।

कार्यक्रममा याैनजन्य दुर्व्यवहार ,याैनजन्य शाेषण, याैनजन्य बाधाहरु तथा अान्तरिक उजुरी र सम्बाेधन प्रक्रिया ,कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) साथै कानुनी सजया एवं राेकथामकाे उपायबारे सुनवल सामुदायिक बिकास केन्द्रकाे कार्यसमिति ,कर्मचारी तथा सहकारीका कर्मचारी कार्यसमितिकाहरुलाई अभिमुखिकरण प्रदान गरिएको संस्थाकाे अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिनुभएको हाे।

अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण युनाइटेड मिसन टु नेपालकाे वरिष्ठ कार्यक्रम अपिसर चेली गुरुङले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

