Rashtriya Dainik

सिरहा:प्रहरीको ठुलो सफलता अबैध लागु औषध सहित २ जना परे प्रहरीको फन्दामा

प्रदिप सिंह सिरहा ३ मंसिर । प्रतिबन्ध लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० बाट करीब १२:३० बजेको समयमा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनगढी बाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिमराजमार्ग अन्तर्गत पर्ने धनगढीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको वन्टेस्ट नम्बर प्लेट ०२-०२३ प .९३९ को मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा अबैध लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गरेमा सप्तरीको खड्ग नगरपालिका वडा नम्बर ७ बस्ने बर्षीय २५ को नागेश्वर भगत र जिल्ला धनुषा औरही गाउँपालिका वडा नम्बर ५ को वर्षीय २९ को रमन कुमार कर्णको साथबाट प्रतिबन्ध लागु औषध पोफिन १९४ येम्पुल , प्रोमिथोजाईम ३४२ येम्पूल , डाईजोपाम ३८२ एमपुल र लेबल नभएको १८२ एमपूल सहित प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित