Rashtriya Dainik

स्कुले विद्यार्थीलाई दिइयो रजस्वला र पाठेघर स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा

संजय कुशवाहा / नवलपरासी , २ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा स्कुले विद्यार्थीलाई रजस्वला र पाठेघर स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ९ सेमरीमा अवस्थित आदर्श उच्च मा.वि सेमरीकाे ३८० जना किसोरीलाई र त्रिभुवन उच्च मा.वि बेलाटारीका २६० जना किसोरीहरूलाई रजस्वला र पाठेघर स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान गरिएको हाे ।

कार्यक्रममा uterine tonic, tablet, powder गुठी परसौनी आयुर्वेद अौषधालले वितरण गरेको प्रतापपुर आयुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिए ।

साे कार्यक्रमले विद्यार्थीहरुका लागि निकै लाभदायी भएको सहभागीहरुले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित