पुरन अधिकारी ,पश्चिम नवलपरासी
स्वच्छ दुग्ध उत्पादनका लागि उन्नत पशुपालन व्यवसाय भन्ने नारालाई अात्मासाथ गर्दै अघि बढेको पशुपक्षी पालन तथा कृषि समुह सुनवल १३ बडेराले सरोकारवाला एवं संस्थाका सदस्यहरु बिच सार्वजनिक सुनुवाई र भावी योजना सार्वजनिक कार्यक्रम बडेरामा सम्पन्न गरेको छ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र पशुपंक्षी पालन तथा कृषि समुह सुुनवल १३ बडेराले अायोजना गरेको कार्यक्रमको अध्यक्षता अायोजक संस्थाका अध्यक्ष गंगाराम गैरेले गर्नुभएको थियो भने कार्यक्रममा वार्ड अध्यक्ष कृण्ण प्रसाद देवकोटाको प्रमुख अातिथ्यता रहनुको साथै कृषि ज्ञान केन्द्र परासीका डिल्लीराम पौडेल , भेटनरी अस्पताल परासी कि निर्मला गिरी,सुनवल नगरपालिका NLSIP सहजकर्ता अनिता थापा ,राजनैतिक व्यक्तित्वहरु शोभाखर पाण्डे ,हरि भण्डारी ,खेम ढुङ्गाना एवं सरोकारवाला र कृषकहरुको उपस्थिति रहेको थियो ।
स्वच्छ दुध उत्पादन गर्दै किसानलाई व्यवसायीकता तर्फ डोर्याउन “उत्पादनमूलक गठबन्धनमा अाधारित पुरक अनुदान”बाट पशुपंक्षी पालन तथा कृषि समुह सुनवल १३का २२ कृषकहरु लाभान्वित हुने भएका छन तर यस अनुदान प्राप्त गर्न भने कृषकहरूले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने हुन्छ यसो भएमा कृषकले ५०% पुरक अनुदान प्राप्त गर्नेछन् र यो कार्यक्रम २०७९ मंसिर सम्म चल्ने छ।

प्रकृतिक प्रकोप र कोरोनाका कारण कृषकहरूलाई धेरै असर पुगेको र यस बाबजुद पनि यस संस्था र यसमा अाबद्ध कृषक अटल र अठिक रहेकाले यस्तो कार्यक्रम संस्था समक्ष अाइपुगेको र अागमी दिनमा थप प्रगतिको कामना सो कार्यक्रमका प्रमुख अतिथि देवकोटाले गर्नु भएको थियोे भने कार्यक्रममा वक्ताहरुले परम्परागत कृषि शैली छोड्दै अाधुनिक तर्फ लम्कनुपर्ने र सबै क्षेत्रमा नैराश्यता भए पश्चयात कृषिमा जीवन धान्न अाउने सोच समेत त्याग्नु पर्ने धारणा राखेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

