नवलपरासी , २ मंसिर ।
पश्चिम नवलपरासीकोे सरावल गाउँपालिकाले आफनो कार्यको चौमासिक प्रगति समिक्षा गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा आर्थिक बर्ष २०७८/०७९ को उक्त प्रथम चौमासिक प्रगति समिक्षा बुधबार गरिएको हो ।

समिक्षा कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालका अध्यक्ष राधेश्याम चौधरीले पालिकाको सेवाहरु चुस्तदुरुस्त बनाई सहज र छिटोछरितो सेवा प्रदान गर्न आग्रह गर्दै भौतिक पुर्वाधार लगायतका योजनाहरुलाई समयमै ठेक्का तथा उपभोक्ता मार्फत सम्झौता गराई सम्पन्न गराउन निर्देशन समेत दिनु भएको थियो । अध्यक्ष चौधरीले यो समिक्षा कार्य निकै महत्पुर्ण र आफनो कामको आफै मुल्याङ्कन गर्ने पद्यती रहेकाले यसलाई निरन्तरता दिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेललाई आग्रह गर्नु भयो । समिक्षा कार्यक्रममा आफनो कामको गति बढाउन र प्रदान हुने सेवाहरुलाई अझै सहज बनाई सेवाग्राहीहरुलाई छिटो सेवा प्रदान गर्न वडा सचिव र शाखा प्रमुख प्रतिनिधिहरुले प्रतिबद्धता जाहेर गरेका थिए ।

यस चौमासि समिक्षाले जिबिसमा हुने समिक्षाका बखत देखिने रौनक र उत्साहको झलक दिएको छ । विगत २ बर्षदेखि कोभिड–१९का कारण, समाजिक परिक्षण, सार्वजनिक सुनुवाई, समिक्षा जस्ता कार्यक्रमहरु स्थगित हुदै आएकाले अहिले सहज वातावरण भएपछि पालिकाले अब आफनो कार्यको सम्पादन र मुल्याङ्क गर्न चौमासिक रुपमा समिक्षा गर्ने सिस्टम बसालिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिनु भयो । यस समिक्षाले पालिकाबाट प्रदान गरिने सेवा, हुने कार्यहरुको प्रगति, चुनौती र त्यसका सामाधानका बाटोहरु समेतको विषयमा छलफल हुने प्रप्रअ पौडेलले जानकारी दिनु भयो ।

समिक्षा कार्यक्रममा पालिकाको ७ वटै वडा, र विभिन्न शाखाहरुले श्रावण महिनादेखि कार्तिक मसान्तसम्ममा गरेको कार्य र सोको प्रगति तथा चुनौतीहरुका बारेमा समिक्षा गरेका थिए । समिक्षाले पालिकाले अहिलेसम्म के कति काम ग¥यो र प्रगति कति भयो समेतको जानकारी आएको थियो । समिक्षामा पालिकाले वडा र कार्यालयबाट प्रदान गर्ने सेवा र योजनाका कामहरु कार्यान्वयमा रहेको तथ्याङ्क देखिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

