भारतीय भोजपुरी फिल्मकि नायिका पाखी हेगडेलाई पाल्हीनन्दनमा स्वागत गरिएको छ ।
कार्तिक ३० गते मंगलबार दिउँसो नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहारलाई भेटघाटका लगि गाउँपालिकामा आएकि नायिक हेगडेलाई उपाध्यक्ष कोहार सहितको टोलीले फुलको हारमाला लगाई स्वागत गरेको थियो ।

नायिक हेगडे काठमाण्डौ स्थित एक कार्यक्रम एटेन्ड गर्नका लागि महेसपुर नाका हुदै आएकि थिईन । सोही अवसर छोपेर गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, स्थानिय युवा पत्रकार जितेन्द्र कुमार गुप्ता लगायतले नायिका हेगडेको स्वागत गरि विदायी गरेका थिए ।
हन्टर मिडिया हाउस दुबईका सिएमडी प्रमोद गुप्ताले नायिका पाखी हेगडेलाई काठमाण्डौका एक कार्यक्रममा लगेका थिए । प्रमोद गुप्ताको राम्रो सम्बन्ध रहेकाले उनले नायिका हेगडेलाई गाउँपालिका उपाध्यक्ष र पत्रकार जितेन्द्र गुप्ता लगायतका व्यक्तिहरुलाई भेटघाट गर्ने अवसर मिलाएका थिए ।

नायिका हेगडे आएपछि उनको स्वागतमा गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, पत्रकार जितेन्द्र गुप्ता, स्थानिय युवा ब्रहमानन्दन लोहार, मोहन गोसाई, भारतीय पत्रकार दुर्गा गुप्ता, स्थानिय युवा अनिल कोहार, बिसम्भर गुप्ता, गाउँपालिकाका केहि कर्मचारी र स्थानियहरु जुटेका थिए । भेटघाट पछि उपाध्यक्ष कोहारले नायिका हेगडे र प्रमोद गुप्तालाई मायाको चिनो प्रदान गरेकि थिईन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

