Rashtriya Dainik

सिरहाको कल्याणपुर भोक्रहामा भुत मेलाको तयारी पुरा

महेश सिंह सिरहा लहान २ मंसिर – प्रत्येक वर्ष जस्तै यस वर्षको कार्तिक पूर्णिमामाको कमला नदीको दृश्य रोमाञ्चक बन्न लागेका छन्। सिरहाको कल्याणपुर नगरपालीका ४,५,६ चिक्ना भोक्रहामा पुर्णिामा मेलाको भब्य रूपमा तयारी भएको मेला कमिटीको वरिष्ठ सालाहकार कुसेश्वर साह पजियारले जानकारी दिनु भयो।

अर्को बर्ष भन्दा यो बर्ष निकै भब्य रूपमा मेला लाग्ने भएको छ्। प्रापुर्व काल देखि उक्त ठाँउमा मेला लाग्ने गरेको समाज सेबी कुशेश्वर साह पजियारले जानकारी दिनु भयो। बुधबार करिब ३ हजार महिला दिदी बहिनीहरुले कल्स यात्राको कार्यक्रममा सहभागी रहेको थियो।

कमला नदिको किनारमा भब्य रूपमा झणडा मेला लाग्ने भएको छ्। उक्त ठाँउमा पहिलो पल्ट तान्त्रिक बाबाले उक्त स्थानमा भब्य मेलाको आयोजना गरेको हो।

प्रत्येक बर्ष कार्तिक पुर्णिामाको दिन कमला नदिनमा स्नान गर्न लाखौं ब्यक्तीहरुको भिड लाग्ने गरेको छ।

पुर्णिामाको दिन पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ भन्नेजस्ता आ–आफनो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल,झ्याली,ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन्। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज शनिबार बिहान घुँइचो लागेको हो ।

सूर्योदयसँगै शुक्रबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका छन् । रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो।आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ ।

कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्र्रीहरु पाको हुने विश्वास गरिन्छ।भारत लगायत सिरहा,,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही लगायत दर्जनौ गाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीँड लाग्ने गर्दछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित