मैनबत्तीको आगो घरमा सल्किँद बालिकाको मृत्यु   

१ मङ्सिर, दमक । मैनबत्तीबाट आगो सल्केर घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिकामा आइतबार राति एक बालिकाको मृत्यु भएको छ ।

कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका थिए ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बवताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot