नवलपरासी ,२ मंसिर
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित परासी विद्युत वितरण केन्द्रले पछिल्लो ३ महिनामा विद्युत महसुल भुक्तान नगर्नेबाट १ करोड ८८ लाख भन्दा बढी रकम असुली गरेको छ ।
नेपाल विद्युत प्राधिकरण परासी केन्द्रका अनुसार महसुल भुक्तान नगर्नेको विद्युत कटौती गरी तीन महिनामा एक करोड ८८ लाख भन्दा बढी रकम राजस्व संकलन गरेको हो ।
असुली गर्न बाँकी रहेका ग्राहकहरुबाट पछिल्लो तीन महिनामा विद्युतको विल समयमा भुक्तान नगर्ने आवास घर र उद्योगहरुलाई कडाई गरि लाईन कटगरी विद्युतको बाँकी विलको असुली अभियान संचालन गरी गत साउन, भदौ र असोजमा गरी विद्युत वितरण केन्द्र परासीले एक करोड ८८ लाख ८२ हजार रुपियाँ असुली गरेको परासी विद्युत वितरण केन्द्रका प्रमुख राम प्रमोद शाहले बताए ।
६० दिनसम्मको अवधिलाई विद्युत कार्यालयले विद्युत विल भुगतानीको अवधी मानेर ग्राहकहरुको विद्युत बक्यौता भुक्तानको समय दिने गरेको भए पनि ६० दिन भन्दा बढी समयसम्म पनि विद्युतको विलको भुक्तान नगर्ने ग्रहकहरुलाई कार्वाही स्वरुप विद्युत कटौती गरी विद्युतको बकाया रकम असुली गर्न थालेको हो ।
यसरी विद्युत लाईन कटौती गरि कार्वाहीमा पर्नेहरुमा पश्चिम नवलपरासीको सदरमुकाम परासीको सेरोफेरो क्षेत्रका अधिकांश साना उद्योगहरु रहेका छन । पछिल्लो तीन महिनामा लाईन कटौती कार्वाहीमा पर्नेहरुमा १ सय दुई जना सेवाग्राही रहेको विद्युत वितरण केन्द्र परासीका सुचना अधिकृत हंसलाल शाहले बताए ।
विद्युत वितरण केन्द्र परासीका जम्मा सेवाग्राहीको संख्या ४४ हजार २३४ रहेका छन ।
कार्वाहीमा परी विद्युत कटौतीमा पर्नेहरुमा परासी क्षेत्रका आवासीय घरहरु भन्दा साना उद्योगहरु बडि रहेको पाईएको छ । समयमा विद्युत नबुझाउने उद्योगहरुमा ईटा भटटा, राईस मिल, ग्रिल उद्योग, खाद्य उद्योग, कुटानी पिसानीका मिलहरु लगाएत अधिकांश संख्यामा रहेको बताईएको छ ।
पछिल्लो तिन महिनामा विद्युत लाईन काटिनेमा एक सय दुई जना ग्राहक रहेको भए पनि विद्युत जडान गर्ने संख्या भने २१९ जना रहेका छन ।
असुली अवधी पार गरि विद्युत कटौतीमा परेका ग्राहकहरुले न्युनतम जोडाई चार्ज ५६५ रुपैयाँमा थप जरिमाना एवं सम्पूर्ण बाँकी रकम जोडेर एकै पटक रकम भुगतानी हुने गरेको बताईएको छ ।
परासी विद्यूत वितरण केन्द्रले जिल्लाको सदरमुकाम परासी, सुनवल, सुर्यपुरा, महेशपुर लगाएतका क्षेत्रहरुमा विद्युत वितरण गर्दै आएको छ । समयमा विद्युतको विल भुगतानी नगर्नेहरुमा परासी क्षेत्रका केही ठूला उद्योगहरु समेत रहेको बताईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

