महेश सिंह ,सिरहा लहान /२ मंसिर । सिरहाको लहान नगरपालिका २४ को वडा कार्यालयमा कार्तिक १० गतेबाट ताला बन्दी भएको छ ।खास गरी सडक विकासको लागी विपक्षी दलहरुले कार्यालयमा ताला बन्दी गरेर जनताहरुको दैनिकि काम काज अप्ठायारोमा परेको उनले पत्रकार समेलनमा बताएका छन्।
सार्बजनिक कार्यालयमा बताला बन्दी गरेर समस्याको सामाधान न हुने वडा अध्यक्ष कमलदेव यादवले बताए ।
ताला बन्दी समस्याको समाधान होईन सामाधानको बाटो संवाद हो वहाले बताउनु भयो। म पनि जनताबाट निर्वाचित भएर आएको हु जनताकै काम काजमा लागेको छु । विकासको लागी समस्याको निकासको लागी छलफल र संवाद गर्न म हर बखत तयार भएको यादवले बताए।
२० दिनको पश्चात आईतबार देखि अर्को कोठामा जनताको सेवा सुसविधाको लागी कार्य सचालन गरी सकेको बताए । ताला तोडन सक्छु तर ताला तोडनु समस्याको समाधान होईन म अहिले पनि अनुरोध गर्दछु आनुस संवाद गरौ र जनताको काम काज सुचारु गरौ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

