Rashtriya Dainik

पर्साकाे ग्रामिण भेगका नाकाहरुवाट ठुलो मात्रामा तस्करी शुरु

कृष्ण यादव ,विरगंज /२ मंसिर

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछि वीगत केहि दिन पहिला देखी बन्द रहेको तस्करी अहिले सिमानाकामा रहेका सशस्त्र प्रहरी बल बिअोपीहरुको मिलोमतोमा पर्सा जिल्लाको ग्रामीण भेगका नाकाहरुवाट व्यापक रुपमा लत्ताकपडा , हाडयेवर , हड्डी , कबाड , जुत्ता चप्पल , गाई , भैसी , कुखुराको चल्लाको व्यापक रुपमा तस्करी फस्टयाएको छ।

त्यसैगरी ग्रामिण भेगका नाका अमरपर्टी , प्रसौनीको मिलोमतोमा भारतवाट नेपाल तर्फ लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल र गाई, भैसी र नेपालवाट भारततर्फ कोल्गेट पेस्टको ठुलो मात्रामा व्यापक रुपमा तस्करी भईरहेको प्रत्येक्षदर्शीले बताएका छन्।

पर्साको ग्रामीण भेगको सिमानाकामा रहेको सशस्त्र प्रहरीका बिअोपीहरु ,पकाँहामैनपुर , सबैठवा , भिस्वा , र्मिजापुर , पिडारीगुठी , भिखमपुर , स्वरपुर्ण , ठोरी लगाएतको नाकाहरुवाट व्यापक रुपमा तस्करी भईरहेको नाम नछाप्रने सर्तमा एक जवानले यस अनलाईन लाई बताएका छन्।

यस्ता गतिविधि तर्फ समबन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित