उमेश बि.क / नवलपरासी , १ मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा हेल्पिङ्ग हैण्ड्स परासीद्वारा १२५ जना विपन्न विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरिएको छ ।

हेल्पिङ्ग हैण्ड्स परासीकाे अायाेजनामा तथा प्रकाशसंजय अक्षयकाेषद्वारा सुस्ता गाउँपालिकामा रहेका शिवगंगा प्राथमिक विद्यालय र नारायणी गण्डकी अाधारभुत विद्यालयका १२५ जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हाे।

विद्यालयका प्रअ वृजभान काेईरीकाे अध्यक्ष तथा हेल्पिङ्ग हैण्ड्स परासीका संयाेजक संजयकुमार शर्माकाे प्रमुख अातिथ्यता भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा राजकुमार जैसी तथा सुश्मा ज्ञवालीले सहयाेगप्रति कृतज्ञता ज्ञापन गर्दै अगामी दिनमा पनि सहयाेगी हातहरु अगाडि बढुन भन्दै हेल्पिङ्ग हैण्ड्स परासीलाई धन्यवाद सहित संस्थाकाे प्रगतिकाे लागि शुभकामना ब्यक्त गरेका थिए ।

शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरुलाई विद्यालय आउन सहयोग पुग्ने विद्यालय शिक्षक सन्ताेष उपाध्यायले बताए ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

