Rashtriya Dainik

महेशपुर भन्सार कार्यालयमा रहेको सवारी साधनहरू समय लिलामी नहुँदा खिया लागेर नासिँदै

बिनोद निगम / नवलपरासी, मंसिर ०१

पश्चिम नवलपरासीको महेशपुर स्थित भन्सार कार्यालयमा ३ वर्षदेखि थन्किरहेको सवारी साधनहरुको लिलामी अहिले सम्म प्रक्रिया पुगेको छैन ।

करिब ६ सय भन्दा बढी सङ्ख्यामा रहेका मोटरसाइकल, पिकअप , बोलोरो,कार, ट्याम्पोलगायत सवारी साधन अहिलेसम्म लिलामी प्रक्रिया अगाडि बढेको देखिएन्न ।

विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामद सवारी साधनहरू समयमा लिलामी हुन नसक्दा खिया लागेर नासिँदै छ ।

लामो समयदेखि कार्यालय परिसरमा थन्केको मध्ये अधिकांश सवारीसाधन पानी र घामले कामै नलाग्ने गरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुने सवारी साधनहरू पनि खिया लाग्दै गइरहेको छ ।

भन्सार छलेर सामान ल्याउने, नियम विपरीत लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरू जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो ।

कुनै पनि पहल नगर्दा महेशपुर भन्सार कार्यालयमा वर्षौँदेखि रहेको सवारीसाधनहरू महेशपुर भन्सार कार्यालय परिसरमा थन्केका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित