राजन कुमार बानिया
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले २०६ जना जेस्टनागरिक हरुलाई अाँखाको निशुल्क अप्रेसन गराएका छन। नेत्र दान जिवन दान नारा को साथै चलाएको अभियान अन्तर्गत गापा अध्यक्ष मियाँ ले भरतपुर अाँखा अस्पताल को प्राराबिधिक सहयोग ,नेत्र ज्योति संघ र जगरनाथपुर गाउँपालिका अायोजनामा संचालित सात दिने निशुलक अाँखा शिबिर मा १५ सय चालीस जना को को अाँखा परिक्षण गरि अौषधी समेत बितरण गरेको थियो। १५ सय चालीस जना को अाँखा परिक्षण गर्दा २०६ जना मोतियाबिन्दु बिरामी हरु को निशुल्क अप्रेसन अाफ्नो गाउँपालिका को भवन मा अप्रेसन गराएका छन। अाफ्नो गाउँ ठाउँ मा निशुल्क अाँखा को अप्रेसन भएको मा जेस्ठनागरिक हरु खुशी महसुस गरेका छन। जानकिटोला को जानकी देबी ले भनिन गाउँपालिका अध्यक्ष जालिम मियाँ ले जनता हरु को दुख सुखमा साथ दिदै गरिब जनता हरु को निशुल्क अाँखा को अप्रेसन गरानु भएको मा धन्यवाद समेत दिनु भएको छ। अाँखा शिबिर सात दिन मध्य दुई दिन प्रतेक वडा मा गएर बिरामी हरु को अाँखा चेकजाँच गरेको पाँच दिन समम संचालन मा रहेको अप्रेसन मा २०६ जना का अाँखा को अप्रेसन गरिएको साथै निशुल्क चसमा र अौषधी बितरण गरिएको जगरनाथपुर का पुर्व गाबिस अध्यक्ष मोसालिम मुखिया ले जनाएका छन। प्राबिधिक सहयोग भरतपुर अाँखा अस्पताल का शिबिर प्रमुख डाक्टर राजा हुसेन,डाक्टर सुधा राणा भट,सहयोगि रामजानकी पाण्डे ,गोकुल दहाल,सुभास सापकोटा,बिसाखा राणा भट,शिव चौधरी,उमाकान्त बैठा,धन कुमारी थापा,उमेश पराजुली,समेत को प्राबिधिक टोली ले सहयोग गरेका थिए। गाउँपालिका स्वास्थ्य संयोजक पुरेन्द्र साह लगायतको स्वास्थ्यकर्मी टोली हरु को सहभागिता रहेको थियोे । निशुल्क अाँखा शिबिर अाज समपन भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

