Rashtriya Dainik

प्रेमबिवाह अहिले पनि समाजमा स्विकार्य छैन्: बिहे गर्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता

महेश सिंह सिरहा ३० कार्तिक-दलित समुदाय संग गैर दलित समुदायले विहेगर्नु हालसम्म पनी समाजलाई स्विकार्य छैन् र यो नौलो बिषय पनि होईन। यदि दलित समुदायले गैर दलित समुदाय संग विहे गर्यो भने त्यसको नराम्रो परिणाम परिवारले भोग्नु परिरहेको उदाहरणहरु धेरै छन् । यस्तै प्रकारको यातना खेपिरहेका छन् सिरहाको लहान नगरपालिका वडा नम्बर -३ का एक दलित विपन्न परिवार ।

सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ रघुनाथपुर बस्ने महेश साफी र पिंकि कामैत लामो समय देखि प्रेम सम्बन्ध थियो।प्रेम सम्बन्धका कारण हतार- हतार केटा र केटी दुबैको संयुक्त सहमतिमा २०७८ कार्तिक ४ गते कठमाण्डौको पशुपतिनाथ मन्दिरमा भागी विहेभयो ।

आफुहरुको कानुन सम्बत बिहे गर्ने उमेर नपुगेको बुझ्दा बुझदै गहिरो प्रेम सम्बन्धका कारण उनिहरु बिहे गरे।भन्छन् प्रेम अन्धो हुन्छ। केटाको कतारको लागि भिसा आईसकेको थियो। केटा कतार जाने भएकोले दुवैको सहमतिमा उनिहरु हतार हतार काठमाडौमा बिहे गरे । बिहे गरेको केही दिन मै केटा कतार गए । केटा हाल सम्म कतार मै छन् ।

केटाको विहे गर्ने उमेर पुरा भैसकेको छ , केटी नावालिक छिन् । केटिको उमेर करिव १८ बर्षको मात्र छ । यसैलाई मुख्य कारण बनाई केटीका वुवाआमा , समाज र परिवारका केही सदस्य लगायत सम्पुर्ण समाज अहिले केटाको परिवारलाई मानसिक र समाजिक रुपले यातना दिईरहेको छ ।
राती रातिमा गुण्डाहरु आई ढोका खोल्न भनिरहेको छ , धाक धम्कि दिनुको साथै मेरो देवरको श्रीमति सिमा साफी र माईली बुहारी सबिता साफीलाई मारपिट गरेको उनले सुनाइन् ।मारपिटका कारण माईली वुहारी सविता साफिको करिब ३ महिनाको बच्चा खेर गएको छ,भने देवरको श्रीमती सिमा साफिलाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको उनी सुनाइन्।,

गैर दलित कामैत थरको केटी संग विहे गरेको कारण अहिले पुरै समाजको मान्छेबाट केटाको परिवारले यातना सहनुपरेको केटाको आमा मन्तोरदेवी साफिले आज पत्रकार सम्मेलनमा उक्त कुरा बताइन्।मेरो ईज्जत् तिमिहरुले बर्वाद गर्यौ , अब तिम्रो सम्पुर्ण परिवारको ईज्जत् हामीले बर्बाद गर्छु भनेर पटक पटक केटीको परिवारबाट धम्की आईरहेको उनले सुनाईन्।

केटीलाई केटीको आमा वुवाले बिहे गर्ने तयारी गरेकोले हाल केटी फरार रहेको छ।छोरा हाल कतारमा छन्। छोरा संग बुहारीको कुराकानी हुन्छ् । बुहारीले छोरालाई फोन गर्दा तिमी बिना म बाच्न सक्दिन भन्ने गरेको कुरा छोराले फोन मार्फत मलाई सुनाउने गरेको केटाको आमाले बताईन् ।
मलाई अर्को बिहे गरिदियो भने म बाच्न सक्दिन भनेर बुहारीले छोरालाई भन्छन् ।

केटी पक्षधरले उल्टै छोरीको अपहरण र बलात्कारको मुद्दा ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएको छ ।
प्रहरीले अनुसन्धान नै नगरी विभिन्न नेताको दवावमा मुद्दा दर्ता गरिसकेको छ,प्रहरीले आफ्नो श्रीमान् ( केटाको वुवा ) शत्रुधन साफिलाई पक्राउ गरिसकेको छ,देवरको श्रीमती सिमा साफीलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको थियो केही घण्टा पछि प्रहरीले उनलाई छोडेको सुनाईन्।

झुठा मुद्दा लगाएर परिवारलाई फसाउन खोजेकोले न्यायका लागी प्रहरी प्रशासन संग साफीको सम्पुर्ण परीवारले पत्रकार सम्मेलन मार्फत गुहार गरेका छन् ।

प्रहरी,प्रशासन ,समाज सबै उनैको पक्षमा छन् ,बारम्बार केटी पक्षको समूह आएर ज्यान मार्ने धम्की दिने गरेको छ, बुहारीको उमेर नपुगेकोले हामी प्रहरीको समक्ष उनको छोरीलाई परिवारको जिम्मा दिएको थिए,अर्को बिहे गराईदिन्छु भन्दा उनी घर छोडेर भगेकोमा हाम्रो परिवारको के दोस ?आमा मन्तोरदेवि साफिको भनाई छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित