वीरगंज २९ सोमबार
पर्सा प्रहरीले ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक प्रधुमन कार्की नेतृत्वको टोलीले र इलाका प्रहरी ठोरी र पटेर्वा सुगौलीको टोलीले पर्साको ठोरीमा आइतबार लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो।
ठोरी गाउँपालिका वडा नम्बर ३को ब्रहमनगर टोल स्थित रहेको ११ बिगाहको क्षेत्रफलमा लगाइएको गाँजा खैती फँडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रब्क्ता अोमप्रकाश खनालले बताउनुभयो।
प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले गाँजा लगाएत अन्य लागु अौषधको विरोधमा अभियान संचालनमा रहेको क्रममा हाम्रो समुहलाई अाएको सुचना अनुसार ठोरी गाऊपालिका वडा नम्बर ४ मा व्यवस्थित तरिकाले गाँजाको खेतीनै गरी यसको बिक्री गर्नेको ऊधेशयले लगाएको ११ बिगाहा नष्ट गरेको छ ।त्यसैगरी डिएसपी कार्कीले हाम्रो अभियान निरन्तर जारीनै रहने गरी बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

