दोरेन्द्र खड्का बझाङ
बझाङको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।
सोमवार नेकपा (एकीकृत समाजवादी) का बझाङ जिल्ला कमिटि सचिव लक्ष्मी राज जोशी को प्रमुख आतिथ्यता र जिल्ला कमिटि उपाध्यक्ष कलक घामि विशिष्ट अतिथ्यतामा सम्पन्न वडा अधिवेशनले भुवन चन्द रेग्मी को अध्यक्षतामा ४२ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राम लक्ष्मी थापा र नारायण थापा चयन भएका छन् । यस्तै सचिवमा कुबेर थापा र सह सचिव मा रामजला रेग्मी चयन भएका छन् ।
कार्यक्रम मा युवासंघ का नेता झलक घामि र विशाल धामि काे पनि उपस्थित रहेकाे थियाे।
यस अघि केदारस्यु गाउँपालिका र बुङल नगरपालिका का वडाहरू मा पनि नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको थियो । नेकपा (एस)ले बझाङ मा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको जिल्ला कमिटी सचिव लक्ष्मी राज जोशी ले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

