Rashtriya Dainik

प्रशिक्षार्थीहरु उघमी बन्न लालायित

पुरन अधिकारी , पश्चिम नवलपरासी

तिलोत्तमा ३ शंकरनगर स्थित लकासी अचार उधोगकी संचालक सफल महिला उधमी पार्वती गिरीबाट ६५ दिने तरकारी प्रशोधन तालिम अन्तरगत दुई दिने अचार निर्माण सम्बन्धि तालिम लिए पश्चयात प्रशिक्षार्थीहरु उधमी बन्न लालायित भएका हुन ।

केही दिनको सामान्य अचार बनाउने तालिम लिए पश्चयात दृढ अठोट र सफल उधमी बन्ने चाहानाले अाफुले अचार बनाई सफल उधमी बनेको र तिलोत्तमा नगरपालिका भित्र दशौ सफल उधमी महिला भित्र पर्न सकेको अाफ्नो जिवनगाथा प्रशिक्षार्थीहरु माझ सुनाउदा उक्त तालिमका प्रशिक्षार्थीहरुमा गरे के हुदैन भन्ने सोचका साथ उधमी बन्ने रहर पलाएको प्रशिक्षार्थी मिना खड्काले जानकारी गराउनु भयो ।

देउराली जनता प्राविधिक शिक्षालय बुटवल र दियालो सहकारी संस्था सुनवलको अायोजना एवं सुनवल नगरपालिकाको सहकार्यमा संचालित ६५ दिने तरकारी प्रशोधन तालिममा तरकारी र अाफ्नै बारीमा उब्जने फलफूललाई समेत प्रशोधन गर्ने विधिहरु सिकाईदै अाईरहेको प्रशिक्षकद्वय गोमा रेग्मी पाण्डे र शुश्मा बान्त्वना राईले बताउनुभयो ।यस तालिम पश्चयात उधमी बन्न चाहने प्रशिक्षार्थीहरुलाई सक्दो सहयोग गर्ने विभिन्न समयमा अनुगमनमा अाउनु भएका नगर प्रतिनिधिहरुले बचन बधता समेत गर्नु भएको छ भने अायोजक दियालो सहकारीका अध्यक्ष विमल ढकालले समेत संस्था र स्वयम अाफ्नो समेत पुर्ण सहयोग रहने जानकारी गराउनु भएको छ।

तालिममा तरकारी र फलफूलहरुको भण्डारण विधिहरु , पुन: प्रयोग गर्न गरिने ब्याल्चिङ्ग विधि ,अचार निर्माण जाम र सस निर्माण जस्ता प्रशोधनका विधिहरु समेत प्रयोगात्मक तरिकाले सिकाईदै अाईरहेको र तालिमको मङ्सिर महिनाको पहिलो हफ्तामा समापन समेत हुने प्रशिक्षार्थी समीक्षा बलालले जानकारी गराउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित