तुलसी राम पौडेल /फर्साटिकर, कार्तिक २७
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित गणपति बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन शनिबार सम्पन्न भयो।लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले उक्त साधारण सभा अधिवेशनको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले सहकारीले आत्मनिर्भर बनाउनको लागि शेयर सदस्यहरु व्यावसायि मुखि हुनुपर्नेमा जोड दिनुभयो ।
सम्पन्न सहकारीको २१ वार्षिक साधारण सभा तथा सातौ अधिवेशनले सर्वसम्मत रुपमा पुनः शिवराम न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा रमेश खनाल ,सचीव लालबहादुर पौडेल,कोषाध्यक्ष गोविन्द घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरी सदस्यहरुमा केशव प्रसाद अधिकारी ,दुर्गा दत्त खरेल ,णम कुमारी पङ्गेनि सर्वसम्मत हुनुभएको छ।
लेखासमिती संयोजकमा लिला गिरी सदस्यहरुमा डिल्लीराम शर्मा न्यौपाने र रेशम सिंह ठकुरी सर्वसम्मत निर्वाचित हुनुभएको छ।कार्यक्रममा ८० वर्ष उमेर पुगेका शेयर सदस्यका घर परिवारकालाई सम्मान गरिएको थियो ।
त्यसै गरी ६५ वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो। सहकारीले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गर्ने शेयर सदस्य सन्ततिलाई समेत सम्मान गरेको छ।
सस्थाले असल ॠणिलाई पनि सम्मान गरेको छ।
सस्थाका अध्यक्ष शिवराम न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य पुस्पा चौधरीको प्रमुख आतिथ्यता, शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको विशिस्ट आतिथ्यता,सस्थाका उपाध्यक्ष रमेश खनालको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुद्दोधन गापा कार्यपालिका सदस्य णम कुमारी पङ्गेनी,संयुक्त बचत तथा ॠण सहकारीका अध्यक्ष हुमराज ढकाल ,फर्साटिकर व्यापार संघका उपाध्यक्ष नवराज आचार्य ,समाजसेवी टंक अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
सस्थाका अध्यक्ष शिवराम न्यौपानेबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष गोविन्द घिमिरेबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती सदस्य लिला गिरीबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रमको संचालन केशव अधिकारीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

