ज्ञानेश्वर सहानी / नवलपरासी / २७ कार्तिक
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ४ परासी काे खेल मैदानमा सुपर-१५ रामग्राम कप क्रीकेट प्रतियोगिता-२०७८को समुदघाटन समारोह सम्पन्न भएको छ।
रामग्राम नगरपालिकाकाे आथिक सहयोग तथा स्पोन्सर फिजा एजुकेशन कन्सल्टेन्सी परासी तथा सहयोगी संस्था सिदार्थ पार्क रिजेनसी होटल, एटलस सत्य मगौती र श्रि गणपति टेड्रर्स तथा रामग्राम किड्स क्रीकेट क्लब को आयोजनामा सुपर-१५ रामग्राम कप क्रीकेट प्रतियोगिता-२०७८ सुरुवात गरिएको छ ।

समुदघाटन समारोह कार्यक्रम को आयोजक रामग्राम किड्स क्रीकेट क्लब का अध्यक्ष दिलिप कुर्मीकाे अध्यक्षता तथा रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा समुदघाटन समारोह कार्यक्रम भएको छ ।

कार्यक्रममा जिल्ला क्रीकेट समिति का अध्यक्ष कृष्ण श्रेष्ठ को विशिष्टअतिथि तथा अवधेश यादव , जिल्ला प्रहरी कार्यालय परासी का असई , शसस्त्र प्रहरी परासी का असई तथा सिनियर क्रीकेट सन्दिप श्रेष्ठ, कृष्ण आचार्य तथा पत्रकार ज्ञानेश्वर सहानी र कृष्णा गिरी तथा कार्यक्रम संचालक दिपक श्रेष्ठ ले गरेको थियो भने दुबै टिमका खेलाडी तथा खेलप्रेमीकाे उपस्थिति रहेकाे थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

