Rashtriya Dainik

कृष्णनगरमा पनि मनाईयो छठ पर्व

कृष्णनगर, कार्तिक २५

तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत विहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका छन ।कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् । कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ l उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, राष्ट्रीय प्रजातंत्र पार्टी केन्द्रीय सदस्य श्याम कुमार मिश्र, वडाध्यक्ष संजय कुमार गुप्ता लगायत श्रद्धालु हरू रहेका थिए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित