तुलसी राम पौडेल
फर्साटिकर कार्तिक २३
रुपन्देहीको बुटवल – १८ स्थित संयुक्त वचत तथा ऋण सहकारी संस्था लि . को १२ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भयो ।
नगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले साधारणसभाको उद्घघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै उहाँले सहकारीलाई अगाडि बढाउन सबै सदस्यहरु सक्रिय रूपमा लाग्नुपर्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष रामकृष्ण खनाल , शिक्षा समिति संयोजक दामोदर ढकाल ,लेखापरीक्षक मधुप्रसाद खनाल, संस्थाका सल्लाहकार पुरुषोत्तम खनाल , सगाँलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रसिह थापा, गह्रौ कालिका उद्यमी वचत तथा ऋण सहकारीका अध्यक्ष पोषराज चापागाई लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

संस्थाका अध्यक्ष हुमराज ढकालको अध्यक्षता, नगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यता, बुटवल – १८ का कार्य वाहक वडाअध्यक्ष सुमित्रा गाहा मगरको विशिष्ट आतिथ्यता, अध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष ढाकाराम खनालबाट आर्थिक प्रतिवेदन प्रस्तुत लेखा संयोजक घनश्याम खनालबाट लेखाप्रतिवेदन प्रस्तुत , उपाध्यक्ष सागर पङगेनीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव निर्मल आचार्यले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

