Rashtriya Dainik

रामग्राम नगरपालिकाद्वारा कोभिड-१९ मृतक १२ परिवारलाई २५ हजारका दरले आर्थिक सहयोग‌

ज्ञानेश्वर साहनी/ नवलपरासी/२३ कार्तिक ।

पश्चिम नवलपरासी‌को ७ स्थानिय तह मध्य पहिलो रामग्राम नगरपालिकाले नगरपालिका भित्र कोभिड-१९ का कारणले मृत्यु भएका परिवारहरूलाई नगद २५ हजारको दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।

रामग्राम नगरपालिका‌ले‌ आज एक कार्यक्रम गरी कोभिड-१९ को कारणले ज्यान गुमाएका १२ परिवारहरूलाई नगद २५ हजारको दरले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले हस्तान्तरण गरेका थिए।

जिल्लामा सात वटा स्थानीय तहहरु भए पनि रामग्राम नगरपालिकाले पहिलो पटक कोभिड-१९को कारणले ज्यान गुमाएका परिवारहरूलाई राहत स्वरुप नगद २५ हजार को दरले आथिक सहयोग‌ प्रदान गरेको छ ।‌ नगद रकम प्रदान गदै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिका सधैँ भरी नगरबासीको दुख सुखमा साथ रहेको बताए ।

उनले कोभिड-१९ को बेलामा आफ्नो नगरबासीहरुलाई कोभिडबाट बचाउनको निम्ति सचेतामुलक सन्देश प्रसारण कोभिडबाट बाँच्ने उपायहरूको बारे स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी न्यूनिकरण गर्न आवश्यक पहल गरेको बताए । नगर प्रमुख गुप्ताले कोभिड-१९ को कारणले मृत्यु भएका परिवारहरूलाई चेक नदिई नगद नै रु. २५ हजार रकम प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेब अनिल खड्काले जानकारी दिए ।

नगरपालिकाले नगर क्षेत्रमा कोभिड-१९को कारणले मृत्यु भएका परिवारलाई आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु. २५ हजारको दरले परिवारहरूलाई प्रदान गरिएको रामग्राम नगरपालिका लेखा अधिकृत संजय शर्माले बताए ।

नगर क्षेत्रमा कोभिड-१९ को कारणले मृत्यु भएका ३८ जना को मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका हेअ सुरज हरिजन गौतमले जानकारी दिए । उनको अनुसार नगरपालिकामा ३८ जनाको कोभिड १९ को कारण मृत्यु भएको जसमध्ये १२ जना निवेदन आएको बाँकी २६ जना निवेदन अनुसार क्रमशः नगद रकम प्रदान गर्दै जाने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित