Rashtriya Dainik

छठघाटमा बिजुलीबत्ती चियापान ब्यवस्थापनका लागि अनाेज यादवद्वारा २० हजार सहयाेग

नन्दु यादव /कार्तिक २३ ,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा नम्बर ३ बस्ने समाजसेवी अनाेज यादवले महिलाहरुकाे महान छठ पर्व बिकासका लागि अाज साेमनी छठघाटमा टेन्ट, चियापान , बिजुली बत्ती ब्यवस्थापनका लागि रु २० हजार रुपैया नगद सहयाेग गर्नु भएकाे छ।
अाज छठ घाट ब्यवस्थापन समितिलाई साे रकम सहयाेग गरिएकाे बताईएकाे छ । पर्वलाई हर्साेउल्लासका साथ मनाउनकाे लागि घाटमा बिजुलि बत्ति सजाई धुमधामका साथ मनाउनका लागि सहयाेग गरेकाे यादवले बताउनु भयाे ।
बुवा चन्द्रिका यादव र अामा रमावति देबीयादव काेखबाट जन्म लिएका यादव लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिरहनुभएकाे छ। वहाले विभिन्न क्षेत्रमा अार्थिक रुपले सहयाेग गर्दै अाउनु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित