Rashtriya Dainik

एकल महिलाहरुलाई वडा अध्यक्ष आलमद्वारा साडी वितरण

वीरगञ्ज २३ कार्तिक ।

नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलम द्वारा छठपर्वको उपलक्ष्यमा यस वर्ष पनि एकल महिला एवं अन्य बर्तालुलाई साडी वितरण गरेकी हुन् ।
पर्सागढी नगरपालिका वडा नं ५ को जिगना टोल ,पचरुखी टोल, बहुअर्वा टोल , हर्दिया टोलमा गरी महिलाहरु लाई साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए।

नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको वडा अध्यक्ष आलम ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताईन ।

सो कार्यक्रमका महिला सदस्य सतिया देवी, सदस्य धुरुप राय भर, योगेन्द्र साह,शिवमतिया अहिरिन ,युवा नेता अशोक यादव,नुरहसन मियाँ,रामबेलास बिन,सैनुलाह मियाँ,फजिल मियाँ लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित