Rashtriya Dainik

पश्चिम नवलपरासीमा हर्षोल्लासका साथ मनाइने छठपर्वको भव्य तयारी

उमेश बि.क / नवलपरासी , २३ कार्तिक

तराई मधेशको प्रमुख धार्मिक एव सांस्कृतिक प्रतीकको रूपमा मानिने छठ पर्व नवलपरासीको विभिन्न स्थानमा तयारी तीव्र भइरहेको छ ।

छठ पर्व धूमधामसँग मनाउने गरेको र त्यसको निम्ति तयारीलाई तीव्र गरिएको हो । अहिले पश्चिम नवलपरासीकाे प्रमुख बजारमा निकै चहलपहल बढेको छ ।

छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्हाडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।

छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ ।

पश्चिम नवलपरासीको रामग्रामस्थित रहेको झरही नदी, सुनवलको तुरिया नदी, पाल्हीन्दनमा झरही नदी नजिकै रहेको पोखरी सरावल , प्रतापपुर , सुस्ता र बर्दघाटमा रहेको नजिकै नदी एवं पोखरी तथा तलाउ लगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा नवलपरासीको विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् ।

यो पर्व  मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।

यो पर्व सोमबारदेखि सुरु हुने छठ पर्व बुधवार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घा दिएपछि सम्पन्न हुने गरेको छ ।छठ पर्वको अवसरमा नवलपरासीको परासीमा बर्षाैदेखि मेला लाग्ने गरेको स्थानीय बताएका छन । मेलाकाे लागि याे वर्ष पनि भब्य तयारी समेत गरिएको छ। बच्चाहरुका लागि विभिन्न झुला लगाएत रातमा सांस्कृतिक कार्यक्रमकाे ब्यवस्था गरिएको रामग्राम नगरपालिका उपमेयर रम्भा कुवरले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित