Rashtriya Dainik

पश्चिम नवलपरासीमा ५ लाख ७४ हजार मुल्य बराबरको पटका बरामद गरी नष्ट

नन्दु यादव/ कार्तिक २२,नवलपरासी

पश्चिम नवलपरासी जिल्लामा तिहार र छठ पर्वकाे अवसरमा विभिन्न नाकाबाट भित्रंयाउदै गरेका पटका प्रहरीले नियन्त्रणमा लिएकाे छ। भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी नामक लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले बत्तिहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पटका वरामद गरिएको बताईएकाे छ । ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको नियन्त्रणमा लिएकाे पटका अाज स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे ।पटकाले बालबालिकाहरुमा चाेटपटक लाग्ने ,बाताबरणमा प्रदुषण हुने ,गाउटाेलमा काेलाहल हुने ,अागलागि हुने ,डर त्रासले मानव जिवनमा विभिन्न किसिमकाे राेग उत्पन्न भई मृत्यु समेत हुने जस्ता घटना हुने भएकाले यस्ताे हुन नदिन कडाईकाे साथ प्रहरीले निगरानी बढाएकाे प्रहरी प्रमुख मनाेज कुमार यादवले बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित