Rashtriya Dainik

प्रत्येक ब्यक्ति अाफ्नाे जातजाति कलासंस्कृति जगेर्ना गर्न लाग्नुपर्छ : काङ्ग्रेस सभापति श्रेष्ठ

उमेश बि.क / नवलपरासी , २० कार्तिक

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भताैडीमा कला संस्कृति जगेर्नाका लागि शुक्रबार विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

“हमार संस्कृति हमार सान , थारु कला भाषा संस्कृतिके जगेर्ना करेके , हमहनके अभियान ” नाराकाे साथमा लक्ष्मी पुजा ब्यवस्थापन समिति एवं सांस्कृतिक कार्यक्रम संयाेजक माेहन चाैधरीकाे अध्यक्षता तथा नेपाल इट्टा उद्योग महासंघका केन्द्रीय सदस्य एवम् नेपाली काङ्ग्रेस वडा नम्बर १२ सभापति कृष्णा नारायण श्रेष्ठकाे प्रमुख अातिथ्यता कार्यक्रम गरिएको थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस सभापति श्रेष्ठले कला संस्कृति भनेकाे पहिचान हाे। नवलपरासी तीन तल्ले जिल्ला जहा मधेस भित्री मधेश र पहाड मिलेर एउटा कला संस्कृतिकाे धराेहर बनेको छ। कला भनेको स्वास्थ्यकाे लागि उत्तम रहेको बताउदै यसले मानिसलाई स्वास्थ राख्नमा मद्दत गर्छ। नवलपरासी बहुजाती, बहुभाषी र बहुसंस्कृतिले भरिएको छ । त्यसकारण प्रत्येक ब्यक्ति अाफ्नाे जातजाति कलासंस्कृति जगेर्ना गर्नमा लाग्नुपर्नेमा जाेड दिनुभयाे । यस्ता सांस्कृतिक कार्यक्रमले कला संस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अाफुबाट सहयोग र साथ हमेशा यश क्षेत्रकाे विकासका लागि रहिरहने बताउदै कार्यक्रमकाे सफलताको शुभकामना सहित सांस्कृतिक कार्यक्रमको निरन्तरताको शुभकामना पनि व्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा नवलपरासी जन सांस्कृतिक विभाग संयाेजक रमेश क्षेत्री ,थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति नवलपरासी अध्यक्ष मुन्द्रीका चाैधरी ,जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ ,समाजसेवी खुमानन्द न्याैपाने लगाएतले बाेल्नु भएको थियाे ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गायक नरहरि प्रेमी, बहुचर्चित थारु गायक सरगम चाैधरी , गायक उत्तम चाैधरी ,गायक भुपेन चाैधरी,पहलाद चाैधरी , सुमित बि.क ,माेडल रितु चाैधरी , सुरज चाैधरी,दिपेन्सु चाैधरी ,मेनुका चाैधरी ,केप चाैधरी ,माेठल निधिमा चाैधरी,केशव चाैधरी,विद्या महताे,दिब्या चाैधरी लगाएत कलाहरुकाे बजाेड प्रस्तुति रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित