Rashtriya Dainik

सिरहामा प्रहरीकै मिलोमतोमा अबैध रुपमा रातदिन तस्करी हुँदै सरोकारवाला मौन

प्रदिप सिंह सिरहा । प्रहरीको सेटिङ सिरहाकाो ठाडी ,बरियापट्टी र खैरटोका नाकामा अबैध रुपमा तस्करी भइरहेको छ।

प्रहरीकै आँखा अगाडि सुलेयाम तस्करी ठाडी, बरियापट्टी, मरिकटोल, आभेनगर, कुसन्डी , तोरियाही र झाझपट्टी बर्हरी कचनारी, नाकाबाट रात दिन तस्करी भईरहेको पत्रकार प्रदिप सिंह लाई स्थानीयहरुले जानकारी दिएको छ ।

पत्रकारले प्रहरीलाई फोन गर्दा नाकाहरुबाट अबैध तस्करी भइरहेको छ भने बारे कुरा गर्दा छैन कुनै नाकाबाट तस्करी भइरहेको छैन सोही समयमा पत्रकार आफै दिखीएका थिए ।

सिमा श्रेत्रमा खटिएका प्रहरी हरुले आँखा मिच्ची तस्करी गर्न तस्करहरुलाई दिएको हो।

नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल तस्करी भइरहेको छ ।

भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज, मरिच र रजनिगन्धा जस्ता समान तस्करी भइरहेको जानकारीमा आएको छ। चाडपर्वका बेला तस्करी मौलाएपछि डिआइजीसम्मका घुमुवा तस्करहरु संग मिलेर कारोबारलाई सक्रिय परेका छन ।

स्थानीयका अनुसार सर्वसधारणले ५ किलो चिनी र ५ लिटर तेल ल्याउँदा किचकिच गर्ने प्रहरी लाखौंको समानल्याउने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन ।

नाका बन्द रहेपनि प्रहरी लगायत डिआइजी सम्मका घुमुवा समेतलाई मिलाएपछि सरकारको राजश्व गुडिरहेको छ।

सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरीका उच्च अधिकारीसम्म घुमुवा मार्फत तस्करीबाट उठेको रकम पुग्ने गरेको स्रोतको दावी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित