Rashtriya Dainik

नेकपा एकिकृत समाजबादी जिल्ला कमिटि बझाङको प्रथम बिस्तारित बैठक सम्पन्न

दोरेन्द्र खड्का/ बझाङ
नेकपा समाजबादी पाटिको प्रथम बिस्तारित बैठक सम्पनन भएको छ । हिविबार भएको नेकपा समाजबादीका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य दिल बहादुर सिहको अध्यक्षतामा सुरुभएको कार्यक्रममा इस्थाइ कमिटी सदस्य भानुभक्त जोशीको प्रमुख प्रमुख अतिथी रहनुभएको थियो । प्रथम बिस्तारित बैठकले इन्द्र भण्डारी अध्यक्ष कलक धामी उपाध्यक्ष, लक्ष्मी जोशी सचीव रहेको १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । बैठकमा तत्कालीन नेकपा थलारा गाउ सँगठन कमीटीका अध्यक्ष लोकेन्द् बिष्ट लगाएत विभिन्न पाटी परित्याग गरी १८ जनाले नेकपा समाजबादीमा प्रबेश गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले दुइ पटक प्रतिनिधी सभा विघटन गरेको पार्टी विधानको पालना नगरेको जनताले बिश्वास गरी देशको प्रधानमन्त्री बनाएको भएपनि वलीले जनताको मतको हुर्मत खेलेको र पार्टी एकताका लागी धेरै प्रयास गर्दापनि केपी वलीले पार्टी भित्र एक लौटी सासन गरेकाले आफु बिदो्रह गर्न तयार भएको बताउनु भयो ।
भानुभक्त जोशी यस्तै कार्यक्रममा बोल्दै नेकपा समाजबादीका बझाङ जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य दिल बहादुर सीहले नेकपा एमालेका अध्यक्ष केपी वलीले पार्टीलाई दुर्घटना ग्रस्त गरेको, उखान टुक्काबाट पार्टीलाई सञ्चालन गरेको र पार्टीको बिधीबिधानलाई मिचेकाले आफुले पार्टीलाई तन्दरुष्ट गराउनको निमीत नेकपा एकिकृत समाजबादीमा लागेको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित