दार्चुला । बैतडीको पाटन नगरपालिका(८ खोडपेमा बस दुर्घटना भएको छ। गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको निधन भएको हो। तिहार मान्न हिडेको यात्रु समेत रहेको सो बस दुर्घटनामा परेको हो । निधन हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनका अनुसार सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको छ। दुर्घटनामा निधन भएका दुई जनाको सनाखत भएको छ भने पाँच जनाको नाम मात्रै खुलेको छ। बैतडीको दोगडाकेदार(६ का प्रहरी जवान रणबहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको हो। त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा निधन भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उक्त बसमा ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ। राष्ट्रिय दैनिक फाइल तस्बिर राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।