उमेश बि.क / नवलपरासी ,२८ कार्तिक पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अन्तर्गत विभिन्न टाेलमा कृषकहरुलाई निशुल्क बिउबिजन बितरण गरिएको छ। सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसनटु नेपालीकाे सहयोगमा प्राण परियाेजना अन्तर्गत पाल्हिनन्दनका २२० जना कृषकहरुलाई निशुल्क बिउबिजन बितरण गरिएको हाे । बिउबिजन बितरण वडा नं. ६ राजाबारी ,रगरगंज र वडा नं. ५ गेर्मि ,चमनटाेलाका कृषकहरुलाई काक्रा, बन्दा टमाटर ,चम्सुर साग ,घिराैला ,प्याज, पालकसाग,फर्सी ,लाैका,धनिया लगायतका बिउबिजनहरु बितरण गरिएको परियाेजना संयाेजक राधा सापकोटाले जानकारी दिनुभएको छ । सँस्थाका सचिव ठाकुर प्रसाद खनालको अध्यक्षता रहेको बिउबिजन बितरण कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष अाेम प्रकास गुप्ता, वडा नं.६ का वडा अध्यक्ष कृष्णचन्द्र यादव,वडा सदस्य अनिता सहानि,रामदयाल गुप्ता,सृजना धरिकार लगाएतकाे उपस्थिति रहेको थियाे। सँस्थाका सचिव खनालले कार्यक्रमलाई सम्बोधन गर्दै कृषकहरुको पहिचाननै कृषि भएकोले परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । गाँउ ठाँउ, जल जमिन प्राकृतिक साधन र श्रोतको अधिकरुपमा प्रयोग गरी, आय आर्जन बृद्धि गर्न सकिने भएकोले ब्यबसायीक कृषि तर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।